Logo

हावाहुरीसहित वर्षाको सम्भावना



काठमाडौं, १५ जेठ । आज हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिम वायुको आशिंक प्रभाव छ, देशको पूर्वी भुभाग नजिक निम्न चापीय रेखा रहेको र स्थानीय वायुको पनि प्रभाव छ ।

पश्चिम, पुर्वी र स्थानीय वायुको प्रभावले देशको विभिन्न भावमा सामान्य तथा आशिंक बदली रहने महाशाखाले जनाएको छ । आज दिउँसो देशको पश्चिमी भू-भाग लगायत मध्य र पूर्वी पहाडी भू-भागहरुमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ । पश्चिमी भू-भागका केहि स्थानहरुमा साथै मध्य तथा पूर्वी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ रहावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

आज राति देशको मध्य र पूर्वी भू-भाग लगायत पश्चिमी पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। मध्य र पूर्वी भू-भागका केही स्थानहरुका साथै पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।-File Photo



प्रतिक्रिया दिनुहोस्