Logo

लेदोसहितको वर्षा



काठमाडौँ, १५ जेठ । भारत र पाकिस्तानको मरुभूमिबाट नेपालमा धुलो उडेर आएको छ । यही बेला सक्रिय रहेको मौसमी प्रणालीले वर्षा गराएको छ ।

जसका कारण नेपालका विभिन्न भेगमा बुधबार हिले वर्षा भएको छ । विशेषगरी पूर्वी नेपालमा पहेलो कमेरो माटोजस्तो लेदो पानी परेको छ । पूर्वी नेपाल हुँदै नेपाल प्रवेश गरेको धुलो देशका विभिन्न सहरमा पुग्दा नपुग्दै वर्षासँग मिसिएर पृथ्वीको सतहमा त्यो धुलो खसेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तो धुलो मङ्गलबारदेखि नेपाल आएको हो ।

भारतको राजस्थान र पाकिस्तानको मरुभूमि क्षेत्रमा हावाको वेग तीव्र हुँदा हुरीसँगै धुलो नेपाल प्रवेश गरेको मौसमविद् विभूति पोखरेलले जानकारी दिएका छन् । लेदो पानी परेपछि महाशाखामा धेरैले के भएको भनेर जिज्ञासा राखिरहेको उनले बताएका छन् । उनका अनुसार त्यो क्षेत्र हुँदै नेपालमा जलवाष्पयुक्त वायुसँगै बेलाबेलामा हावाले धुलो लिएर आउने गर्छ । यो धुलोको प्रदूषण एकाध दिन मात्र कायम रहने उनले बताएका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्