Logo

कुनैपनि व्यक्ति माथिको भेदभाव र छुवाछुतको विभेद सह्य हुन सक्दैनः प्रघानमन्त्री



काठमाडौं, जेठ १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै शासन प्रणालीलाई पनि संस्थागत हुन निश्चित समय लाग्ने बताउँदै गणतन्त्र नयाँ शासन प्रणाली मात्रै नभएर यो नयाँ सभ्यता, संस्कृती र समाजिक जिवन पद्वती भएको बताएका छन् ।

बाह्रौँ गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिदै उनले गणतन्त्र सामाजिक न्याँय र समानतामाथीको न्याय प्रणाली भएकाले यहाँ महिला, दलित पछाडी परेका कुनैपनि व्यक्ति वा विभेद सह्य नहुने बताएका छन् ।

‘गणतन्त्रमा जाति वर्ग धर्म वा अरु कुनै आघारमा कसैमाथि पनि असमानता भेदभाव र छुवाछुत जस्तो व्यवहार स्विकार हुन सक्दैन् । गणतन्त्र उन्नत लोकतान्त्रिक संसकार भएको शासनको व्यवस्था भएकाले यहाँ विचारहरु बिच स्वस्थ वहस मान्यताहरु बिच स्वस्थ मर्यादित छलफल, लोकतान्त्रीक स्वस्थ विचार र असहमतिहरुको बिचमा निर्वाघ अभिव्यक्तिको प्रत्याभुति हुन्छ ।

तर घृणा, विद्रोह र विभाजन सह्य हुँदैन । गणतन्त्रमाथि प्रश्न उठाउने र पुरानो व्यवस्थातिर फर्कन खोज्ने प्रतिगामी चेष्टाहरु अनुचित हुने उनको भनाई रहेको छ ।

जुनसुकै शासन प्रणालीलाई पनि संस्थागत हुन, सुदृढ बन्न र त्यसले परिणाम दिन निश्चित समय लाग्ने बताउँदै उनले भने, ुप्रणाली विकासका क्रममा साना तिना कमीहरु देखा पर्न पनि सक्छन्। तर कुनै पनि कोणबाट गणतन्त्रमाथि प्रश्न उठाउने र पुरानो व्यवस्थातिर फर्कन खोज्ने प्रतिगामी चेष्टाहरु अवश्य नै अनुचित हुन्। इतिहासको गतिलाई पछाडि फर्काउन अब कसैले पनि सक्दैन।

गणतन्त्र प्राप्तिको यस कष्टसाध्य र लामो आन्दोलनमा सहभागी सबै न्यायप्रेमी जनसमुदायमा हार्दिक अभिनन्दन अर्पण गर्न चाहन्छु।’ प्रघानमन्त्रीको संदेशमा उल्लेख छ ।

 



प्रतिक्रिया दिनुहोस्