Logo

कास्कीमा ‘फ्रि मिडिया नेटवर्क’ गठन



काठमाडौँ, १५ जेठ । सञ्चार क्षेत्रका सरोकारवाला, राज्यपक्ष, नागरिक समाज र पत्रकारका बीचमा नियमित संवाद र पत्रकार सुरक्षाविरुद्धका घटना न्यूनीकरणको उद्देश्यसहित जिल्लामा पहिलोपटक ‘फ्रि मिडिया नेटवर्क’ गठन गरिएको छ ।

पत्रकार महासङ्घ केन्द्रको निर्णयअनुसार पत्रकार महासङ्घका जिल्ला अध्यक्ष दीपेन्द्र श्रेष्ठको संयोजकत्वमा बुधबार १५ सदस्सीय नेटवर्क जिल्ला कार्यसमिति गठन गरिएको हो । सदस्यमा गण्डकी प्रदेशसभाका सदस्य मीना गुरुङ, जिल्ला समन्वय समितिका सदस्य सीतादेवी विक, स्थानीय जनप्रतिनिधि धनबहादुर नेपाली, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत लक्ष्मण बराल, जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नरहरि अधिकारी, पत्रकार महासङ्घका पूर्वअध्यक्षद्वय पुण्य पौडेल, रवीन्द्र बाँस्तोला र जिल्ला बारका अध्यक्ष मुक्ति सापकोटा रहेका छन् ।

त्यसैगरी राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधि टङ्क खनाल, लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष बलराम ढकाल, एनजिओ फेडेरेशनका अध्यक्ष पदम पहारी, इन्सेकका सवनम शर्मा, महिला मानवअधिकार रक्षकका अध्यक्ष तारामाया थापा र नागरिक समाजका तर्फबाट बीना सिलवाल नेटवर्कको सदस्य रेका छन् ।

पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य, महासचिव रमेश विष्ट तथा केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली नेटवर्कको सल्लाहकार रहेका छन् । कास्कीसहित मोरङ, धनुषा, सर्लाही, मकवानपुर, दाङ र सुर्खेतमा नेटवर्क गठन गरिने र यी जिल्लामा नेटवर्कको सफलताको आधारमा भविष्यमा अन्य जिल्लामा समेत गठनको लक्ष्य रहेको महासङ्घले जनाएको छ । (रासस)



प्रतिक्रिया दिनुहोस्