Logo

दल फुटाउन सकिन्छ कि भनेर भारतले आसा गर्नु वेकारः नेम्वाङ



काठमाडौं, जेठ १५ । नेकपाका नेता एवं संसदीय दलका उपनेता सुवास नेम्वाङले नेपालमा नेताहरुको विवादका कारण संविधान संशोधनको विषय स्थगित भयो भनेर छिमेकी मुलुकले ढुक्क भएर बस्ने अवस्था नरहेको बताएका छन् ।

उनले नेपाल सरकारले जारी गरेको नयाँ नक्सालाई वैधानिकता दिनका लागि संसदमा दर्ता भएको संविधान संशोधनको विधेयक चाडै पारित हुने भन्दै यसप्रति भारतले राखेको चासोमा धन्यवादसमेत दिए ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहशमा पत्रकार ऋषि धमलासँग कुरागर्दै उपनेता नेम्वाङले नेपालमा गणतन्त्रको संस्था विकास भइरहेको र राजनीतिक आर्थिक परिवर्तनका लागि अब कसैले आन्दोलन गर्नुपर्ने अवस्था नरहेको बताएका छन् । उनले नेपालको इतिहासमा पहिलो पटक जनताको संविधान संविधानसभाबाट बनेकाले आवस्यकता अनुसार संविधानको परिवर्तन गर्न सकिने विषय सामान्य भएकोसमेत जिकिर गरे । २०४७ सालको संविधान जस्तो यो संविधान नभएको नेम्वाङको तर्क छ ।

उनले सरकारले संविधान संशोधनका लागि संसदमा विधेयक दर्ता भएको र सवै राजनीतिक दलको समर्थन रहेकाले कुनै विवाद नरहेको बताए। अब सरकारले यो प्रक्रिया अगाडी बढाउने भन्दै नेम्वाङले संशोधनपछि भारतसँग छलफल गर्ने र यसमा संका नगर्न र राजनीतिक दलहरुले यो विषयमा थप छलफल गनरुन भनेर हिजोको बैठमा कार्यसूचीबाट हटाइएको जनाए ।

उनले भारतले वार्ताको मिति सार्दै आएपनि सरकारले प्रयास जारी राख्ने बताएका छन् । भारतसँग अविचलित रुपमा वार्ताको प्रस्तामा जान्छौ भन्दै उनले भारतीय प्रधानमन्त्रीसँग वार्ताको प्रयास भएको हो र समय पनि तयार भएको हो तर, एक घण्टा अघि खबर आयो र वार्ता हुन नसक्ने जानकारी गराइएको बताए । भारतीय प्रचारले नेपालीलाई एक बनाएको भन्दै प्रतिपक्षको केन्द्रीय समितिको वैठक बस्न नसकेको र केन्द्रीय समितिको बैठकबाट निर्णय गरेपछि संशोधन हुने उनको भनाई छ ।

‘ यो प्रस्तावबाट सरकार र कुनैपनि दलहरु पछि हट्ने अवस्थामा छैन् । ७० वर्षको राजनीतिक लडाइबाट दलहरुले धेरै कुरा बुझेका छन् । जनताले पनि बुझेका छन् । अब आफ्नो थैली बलियो बनाउने समयहो । हल्लाको पछि नलागौ । हामी राष्ट्रियताका विषयमा कुनै पनि दल अलग छैनौ । हामी एकता बद्ध छौ । यो सरकारलाई कसैको दवावले काम गर्ने वाला छैन । त्यसमा पनि विपक्षीदल सहितका सवै दलहरु एकठाउमा छन् । यसका लागि सवै जाती भाषा,धर्म र दलहरु एक ठाँउमा आउनुपर्छ’ ।उनले भने ।



प्रतिक्रिया दिनुहोस्