Logo

थप ७६ जनामा कोरोना पुष्टि



वीरगञ्ज, जेठ १५ । प्रदेश २ मा थप ७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको परीक्षणमा ७६ जनामा कोरोना पुष्टि भएको हो ।

सबैभन्दा धेरै धनुषाका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, महोत्तरीमा १७ जना, सप्तरीमा १४ जना, सर्लाहीमा ७ जना, सिरहामा ६ जना र रौतहटमा ३ जनाको रिपोर्ट पनि पोजेटिभ आएको छ । स्थास्थ्य तथा जनसंख्या मन्त्रालयले भने आधिकारिक रुपमा जानकारी गराउने तयारी गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्