Logo

दशगजा क्षेत्रमा चार लेनको सडक बनाउँदै भारत, नेपालतर्फ डुवानको खतरा



बुटवल, जेठ । भारतले सीमा क्षेत्रमा बाँध जस्तै ६ फुट उचाइको सडक निर्माण गरेपछि नेपाली भूभाग डुवानमा पर्ने खतरा बढेको छ ।

अन्तर्राष्ट्रिय मान्यतालाई लत्याउँदै भारतले दशगजा क्षेत्रमा सडक निर्माण गरिरहेको हो ।प्रदेश ५ का ५ वटै जिल्लाका सीमामा यो सडक बनिरहेको छ । नवलपरासी र रुपन्देहीमा सीमाको २०–३० मिटर सडक बनेको हो ।

रुपन्देहीको रोहिणी गाउँपालिका–५ र ६ सँग सीमा जोडिएको दशगजा क्षेत्रमा अहिले भारतले सडक निर्माण गरिरहेको छ ।चार लेनको पूर्वपश्चिम सडकले नेपाली भूभाग डुवानमा पर्ने खतरा बढेको आजको अन्नपूर्ण पोष्ट् दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्