Logo

प्रधानमन्त्रीले १२ औं र प्रचण्डले १३ औं गणतन्त्र दिवस मनाए



काठमाडौं, जेठ १५ । गणतन्त्र दिवसको अवसर पारेर प्रधानमन्त्रीद्वारा जारी सन्देशमा त्रुटि देखिएपछि प्रघानमन्त्रीको सचिवालयमाथि प्रश्न उठेको छ ।

मूलुक गणतन्त्र प्राप्त भएको १२ वर्ष पुरा भई १३ वर्षमा प्रवेश गरेको अवसरमा प्रधानमन्त्रीले जारी गरेको सन्देशमा १२ औं गणतन्त्र दिवस उल्लेख रहेकाले सचिवालयमाथि पुनः एक पटक आलोचना सुरु भएको छ । सचिवालयले नै तयार पार्दे आएको सम्बोधनमा प्रधानमन्त्रीले १२ औँ गणतन्त्र दिवस भनेका छन् ।

त्यस्तै, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १३ औं गणतन्त्र दिवसको अवसर पारेर शुभकामना सन्देश जारी गरेका छन् ।

आजको समाचारले नेकपाभित्रै गणतन्त्र दिवसमा अन्योलमा देखिएको भन्दै समाजिक सञ्जालमा विभिन्न टिका टिप्पणी सुरु भएका छन् ।

सचिवालयले यसअधिका सम्बोधनमा समेत त्रुटि गर्दे आएकाले कतिपय राष्ट्रियतका सवालमा समेत त्रुटिलाई सामान्य रुपमा लिनु आदत बनिसकेको टिप्पणी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्