Logo

आजको मौसमः दिनमा घाम लाग्ने र अपराह्नसम्म क्षणिक वर्षाको सम्भावना



काठमाडौं, जेठ १५ । प्रि–मनसुन सक्रिय भएकाले विहिबारपनि देशभरको मौसम प्रभावित बन्ने भएको छ । आज मध्यायनसम्म मेघगर्जन, हावाहुरी चट्याङसहित वर्षाको सम्भावना रहेको मौसमविदहरुले बताएका छन् । आज दिनमा घाम लाग्ने र अपराह्नसम्म मेघगर्जनसहित क्षणिक वर्षा हुने समेत उनीहरुको दाबी छ ।

आज दिउँसो देशको पूर्वी भूभाग तथा मध्य पहाडी भूभागको केही स्थानका साथै पश्चिमी पहाडी भूभागका एक दुई स्थानमा मध्याह्नपछि मेघगर्जन, हावाहुरी चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

भोली शुक्रबारसमेत देशको पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली भई पूर्व र पश्चिमी भूभागका केही स्थानमा मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १५ दशमलव ३ डिग्री र अधिकतम तापक्रम २९ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्