Logo

संक्रमण बढ्दो, तयारी फितलो



काठमाडौं, जेठ १५ । कोरोना भाइरस संक्रमण दर बढ्दै जाँदा परीक्षणका लागि अत्यावश्यक मानिएको पीसीआर कीट सरकारसँग अत्यन्त न्यून रहेको पाइएको छ । स्वास्थ्य सेवा विभागका अनुसार ५० हजार पीसीआर कीट मौज्दात छ ।

संक्रमितको संख्या ८ सय ८६ पुगिसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ लाई मध्यनजर गर्दै १ हजार ५ सय केसलाई आधार मानेर कीटलगायत स्वास्थ्य सामग्री खरिद गरेको थियो । १ लाख २८ हजार पीसीआर कीट प्राप्त भएकामा ७८ हजार कीट वितरण गरिएको छ । थप १ लाख ७५ हजार पीसीआर कीट खरिद प्रक्रिया अघि बढाइएको छ । देशभर २० स्थानबाट कोरोना परीक्षण हुँदै आएको छ ।

गत शुक्रबार आरटी–पीसीआर प्रविधिबाट ३ हजार ७ सय ५२ जनाको कोरोना परीक्षण भएको थियो । गत शनिबार ३ हजार ४ सय ६९, आइतबार २ हजार ८ सय ८८, सोमबार २ हजार ८ सय ८२ र बुधबार ३ हजार ८ सय ५३ जनाको कोरोना परीक्षण भएको छ ।राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्