Logo

विद्यार्थी नेतृहरुको माग : नवराज बिकका हत्यारालाई फाँसी दिनुपर्छ (भिडिओसहित)



काठमाडौं, १५ जेठ । विद्यार्थी नेतृहरु सुनिता बराल र रोशनी खनालले रुकुमपश्चिममा अन्तरजातीय प्रेम सम्बन्धका कारण नवराज बिकलगायतका युवाको हत्या गरिएको घट्नालाई अमानवीय र जघन्य अपराधको संज्ञा दिँदै दोषीलाई फाँसी दिनुपर्ने माग गरेका छन् । बुधबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनीहरुले यस्तो बताएका हुन् । बरालले उक्त घट्नाले यो युगकै लागि लज्जा भएको टिप्पणी गरिन् ।

खनालले पनि उक्त घट्नाले नेपालमा कानूननै छ कि छैन ? भन्नेमा पुगेको बताईन् । र, उनले यस्तो घट्नामा संलग्न दोषीलाई फाँसी दिनुपर्ने माग गरिन् । त्यसको लागि संविधान संशोधन नै गर्नुपर्नेपनि उनको तर्क छ ।



प्रतिक्रिया दिनुहोस्