Logo

कोरोना संक्रमित संख्या एक हजार नजिक, औपचारिक जानकारी आउँदै



काठमाडौं, १५ जेठ । देशमा एकै दिन कोरोना भाइरसका संक्रमित ठुलो संख्यामा वृद्धि भएको छ । विशेषगरी तराईका जिल्लामा संक्रमण बढेको हो । यसको औपचारिक जानकारी अहिले केहीबेरपछि स्वास्थ्य मन्त्रालयले गराउने भएको बुझिएको छ ।

योसँगै कुल संक्रमित एक हजार नजिक पुग्न लागेको छ । मन्त्रालयले हिजो मृत्यु भएका ५७ वर्षीय पुरुषबारे पनि पुष्टि गर्ने बुझिएको छ । हिजो ललितपुरका एक पुरुषको कष्ट मेडिकल कलेजमा मृत्यु भएकोमा कोरोना संक्रमण पत्ता लागेको थियो । योसहित संक्रमणबाट मृत्यु हुनेको संख्या ५ जना पुगिसकेको छ ।

देशमा अहिलेसम्म कोरोना भाइरसका संक्रमित संख्या ८८६ पुगेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. बिकास देवकोटाका अनुसार महिला ७९ र पुरुष ८०७ पुगेका छन् । हिजो ११४ संक्रमित थपिएका छन् । यो अहिलेसम्मकै एकै दिनमा थपिएका संक्रमितको उच्च संख्या हो ।



प्रतिक्रिया दिनुहोस्