Logo

चीनले आफ्नो नागरिकको उद्वार गर्दा भारतले सीमा विवादसंग जोडेको आरोप



एजेन्सी, १५ जेठ । विश्वभर फैलिएको महामारीका कारण देशहरु लकडाउनको अवस्थामा रहेको छ । भारतले समेत लकडाउनलाई लम्ब्याउँदै आएको छ । यसैक्रममा देशहरुले आफ्नो नागरिकहरुलाई स्वेदश फर्काउन निरन्तर लागीपरेको छन् । भारतमा रहेको चिनियाँ नागरिकहरुलाई उद्वारा गर्ने क्रम भने जारी रहेको छ । चीन सरकारले भारतमा फसेका नागरिहरुलाई विशेष विमान पठाइ उद्वार गरिरहेको छ ।

उद्वार कार्यलाई हालै तनावग्रस्त बनेको भारत चीन सीमा विवादसंग भारतीय मिडियाले जोडिरहेको बेला चीनले यसप्रति आपत्ति व्यक्त गरेको छ । चीनले गरेको उद्वार कार्यलाई सीमा विवादसंग गलत हो । यसलाई गैरजिम्मेबारी पूर्ण ढंगले व्याख्या गरेकोमा चिनियाँ अधिकारीहरुले उचित नगरेको स्पष्ट पारेका छन् । यसले दूवै देशवीचको सम्बन्धलाई हानी पुग्ने समेत चिनियाँ अधिकारीहरुले चेतावनी दिएका छन् । भारतले केहि दिन अगाडि यसरी नै आफ्नो नागरिकको उद्वार चीनबाट गरेको स्मरण समेत गराएको छ । भारतले आफ्नो सुरक्षाको हितमा अन्तराष्ट्रिय उडानहरु बन्द गरको कारण आफ्नो नागरिकको उद्वार गर्नु न्यायसंवत र दायित्व रहेको चीनले स्पष्ट पारेको छ । यसलाई भारतीय मिडियाले सीमा विवादसंग जोड्नु उचित नरहेको जनाइएको छ ।

लकडाउनका कारण भारतले भोगिरहेको समस्यामा केन्द्रित भइ सुधार गर्नु पर्नेमा ध्यान पुर्याउन चीनले सुझाएको छ । तल्लो वर्गका भारतीयहरु महामारीको अत्यधिक चपेटमा परेका छन् । उक्त वर्गलाई उकास्नमा भारतले ध्यान दिनुपर्ने बताइएको छ । नागरिक उद्वार कार्यलाई गलत ढ्रंगले प्रस्तुत गरेको र यसलाई सीमा विवाद संग जोडेकोमा दूवै देशबीचको व्यावार सम्बन्धमा अनावश्यक खतरा पुग्न जस्ले भारतीय अर्थतन्त्रमै अझ प्रभाव पर्न सक्ने चिनियाँ अभिकारीहरुले औंल्याएका छन् ।

चीनलाई सीमा विवादमा भारतसंग कुनै प्रकारको विवाद नरहेको स्पष्ट बारम्बार गरिरहेको छ । जटिल भौगोलिक राजनीतिक अवस्थाका कारण चीन र भारतबीचको सम्बन्ध गलत ढाँचामा गइरहेको जनाइएको छ । भारतले आफनो दृष्टीकोणमा सुधार ल्याउन जरुरी रहेको जनाइएको छ । –File photo



प्रतिक्रिया दिनुहोस्