Logo

लकडाउनका कारण यौनकर्मी भोकै



एजेन्सी, १५ जेठ । विश्वभर अत्याधिक पैसा कमाउने यौनकर्मीहरुको जीवन लकडाउनका कारण तनावग्रस्त बनेको छ । उनीहरुलाई अहिले खाना पनि मिलेको छैन । दैनिकी गरी खाने पेशामा संलग्न रहेको यौनकर्मीहरु भने लकडाउनका करण मारमा परेका छन् । सामान्य अवस्था रहेका बेला साँझ हुन वित्तिकै भिड लाग्ने र रमझम हुने ठाउँहरु भने अहिले सुनसान रहेको छ ।

पूर्वी बँगलादेशमा सम्पूर्ण यौनकर्मीहरुले भने व्यापार गर्न सकेको छैन् । त्यसकारण त्यहाँ कार्यरतको जीवनमा निकै समस्या आएको छ । एकछाक खान समेत गाह्रो रहेको छ । उनीहरुको परिवारलाई समेत खान पुगेको छैन् । अवस्था दिनप्रतिदिन भयावह बन्दै गएको देखिन्छ ।

विभिन्न बहानामा छल गरी ल्याइएको नोदी नाम गरेको महिलालाई उनको परिवारले पत्ता लगाएपनि यौनकर्मीपेशामा संलग्न भइसकेको कारण उनको उद्वार गरिएन र उनी यस पेशामा लाग्न बाँध्य भइन् । २५ बर्षिया महिलालाई कोरोनाका कारण आफ्नो घर समेत चलाउन धौ धौ परेको जनाएकी छिन् । आफू समेतलाई खानाको उपाय नभएको र आफ्नो बच्चालाई समेत काँहाबाट खाना खुवाउने भन्ने विषय बनेको छ । आफूसित तत्काल कुनै काम नभएको दुःख व्यक्त गरेकी छिन् । बांगलादेश सरकारले कोरोनाको रोकथामका लागी सम्पूर्ण पेशाहरु बन्द गर्न निर्देशन जारी गरिसकेको छ । बांगलादेशमा भने सो पेशा सन् २०० देखि मान्यता पाइसकेको छ । उनीहरुलाई मध्येनजर राखी सरकार, पुलिस र विभिन्न एनजीओहरुले सहायता गरिरहेको जनाइएको छ । तर, सरकारद्वारा गरिएको उक्त सहायता पर्याप्त नरहेको जनाइएको छ । १२ एकरको क्षेत्रफलमा करिब १५ सय यौनकर्मीहरु बस्ने गर्दछ र कतीपयले उक्त स्थानमा बच्चा समेत पाएको जनाइएको छ ।

उनीहरुको जीवन झन कठिन भएको छ । यौनकर्मीहरले आफनो दैनिकी नचलाए बच्चाहरु भोकले मर्न बाध्य हुने जनाइएको छ । नोदी आफ्नो बच्चालाई आफू भन्दा पर राखी राम्रो जीवनको परिकल्पना गरिरहेकी थिइ्न । तर यो असम्भव भएको देखिन्छ । उक्त स्थानमामा देनिकी करिब तीन हजारको आसपासमा ग्राहक आउने गर्दथ्यो । उक्त क्षेत्रमा बसोवास गर्न यौनकर्मीहरु मर्नु भन्दा पहिले नै मरेको अनुभव गरिरहेको बताएका छन् । यस प्रति सरकार गक्भीर हुनु पर्ने उनीहरको धारणा रहेको छ । सरकार गम्भीरता पूर्वक सरकार प्रस्तुत नभए हामी ठूलो समस्यामा पर्ने उनीहरुले बताइन् । भावानुवाद

Photo Source : CNN



प्रतिक्रिया दिनुहोस्