Logo

कांग्रेस केन्द्रिय कार्यसमिति बैठक शनिबार, संविधान संशोधन प्रस्तावबारे छलफल हुने



काठमाडौं, १५ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सङ्घीय संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव सम्बन्धमा छलफल गर्न आउने शनिबारको लागि पार्टीको केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । बैडक पार्टी मुख्यालय सानेपामा यही जेठ १७ गते दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्