Logo

थप १५६ जनामा कोरोनाको संक्रमण, कुल संक्रमितको संख्या एक हजार ४२ पुग्यो



काठमाडौं, १५ जेठ । थप १५६ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । कुल संक्रमितको संख्या एक हजार ४२ पुगेको छ । ९ सय ४० जना पुरुष र एक सय २ जना महिला छन् । डा. देवकोटाअनुसार अहिलेसम्म कोरोना संक्रमितहरु उपचारपछि निको भएर घर फर्किनेको संख्या १८७ पुगेको छ । जसमा प्रदेश नम्बर एकमा ३०, २ नम्बर प्रदेशमा १०१, बाग्मती प्रदेशमा ११, गण्डकी प्रदेशमा २, ३८ र सुदुर ५ जना । ती मध्ये चार जना पछिल्लो समय निको घर फर्किएका छन् । उनीहरु नारायणी अस्पतालबाट ११ देखि १४ओं दिनेको अवधिमा डिस्चार्च भएका हुन् । डिस्चार्ज हुनेमा १४४ जना पुरुष र ४३ जना महिला छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot