Logo

पाँच मृत्युसहित कोरोना संक्रमित एक हजार नाघ्यो



काठमाडौं, १५ जेठ । देशमा कोरोना भाइरसका कुल संक्रमित एक हजार नाघेका छन् । आज एकै दिन १५६ कोरोना संक्रमित बढेपछि संख्या एक हजार ४२ पुगेको हो । आज बढेको संख्या किर्तिमानी वृद्धि हो । यसअघि हिजो ११४ जना कोरोना संक्रमित बढेका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले संक्रमित संख्या बढेको भन्दै सजग रहन भने आग्रह गरे । उनले हिजो किष्ट मेडिकल कलेज ग्वार्कोमा मृत्यु भएका ५६ वर्षीय पुरुषलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेका छन् । मृतक ललितपुर महानगरपालिका बुङमती घर भएका हुन् ।

कुल ५१ जिल्लामा कोरोना संक्रमित भेटिएकामा पाँच जिल्लामा पाँच जनाको मृत्यु भइसकेको छ । सबैभन्दा बढी तराईका जिल्लामा संक्रमित थपिएका छन् ।



प्रतिक्रिया दिनुहोस्