Logo

ललितपुरमा निधन भएका एक पुरुषमा कोरोना पोजिटिभ भएको मन्त्रालयद्धारा पुष्टि



काठमाडौं, १५ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो राति किष्ट कलेजमा निधन भएका ललितपुर महानगरपालिका वडा नम्बर २२ बुंगमतीका ५६ वर्षीया पुरुषमा कोरोना पोजिटिभ देखिएको पुष्टि गरेको छ । योसँगै कोरोनाबाट निधन हुनेको संख्या ५ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाअनुसार ती पुरुष यही जेठ ११ गते किष्ट कलेजमा भर्ना भएका थिए । उनको हिजो राति निधन भएको हो । उनमा कोभिड १९ पोटिटिभ देखिएको छ । निधन भएका ती व्यक्तिमा कलेजासम्बन्धी रोग थियो । कोरोनाको नमूना संकलन भने जेठ १२ गते लिईएको थियो ।



प्रतिक्रिया दिनुहोस्