Logo

बरिष्ठ गीतकार रत्न शमशेर थापाको निधन



काठमाडौं, १५ जेठ । बरिष्ठ गीतकार रत्न शमशेर थापाको निधन भएको छ । थापाको उपचारको क्रममा बिहीबार नर्भिक अस्पतालमा निधन भएको हो । नशाको समस्याका कारण लामो समयदेखि बिरामी रहेका थापाको ८३ वर्षको उमेरमा निधन भएको हो । २०१८ सालदेखि गीत लेख्न सुरु गरेका थापाले धेरै जसो चलचित्रका लागि पनि थुप्रै गीत लेखेका छन् । थापाको आज अपरान्ह १२ बजे निधन भएको साहित्यकार राजेन्द्र थापाले जानकारी दिएका छन् ।

थापाले उकाली आरोली, फूलको डाली, सिमाना, पृथ्वी, जुनी, अवतार, रानीखोला, हतियार, प्रतिक्षा, चोखोमायालगायत चलचित्रमा गीत लेखेका छन् । उनका घुम्तीमा नआऊ है, ए कान्छा, फूलैफूलको मौसम, जाग लम्क चम्क, बिछोडको पीडा, गोरेटो त्यो गाउँकोलगायतका गीत लोकप्रिय छन् ।



प्रतिक्रिया दिनुहोस्