Logo

बरिष्ठ गीतकार रत्नशमशेर थापाको निधन



काठमाडौं, १५ जेठ । बरिष्ठ गीतकार रत्नशमशेर थापाको निधन भएको छ । थापाको बिहीबार दिउँसो नर्भीक अस्पतालमा उपचारका क्रममा निधन भएको उनको परिवारजनले जनाएको छ । उनी ८१ वर्षका थिए ।

गीतकार थापाको ‘घुम्तीमा नआऊ है’, ‘गोरेटो त्यो गाउँको’, ‘ए कान्छा ठट्टैमा यो बैँश जान लाग्यो’, ‘जाग लम्क चम्क हे नौजवान हो’, ‘विछोडको पीडा नसकी खप्न’लगायतका दर्जनौँ कालजयी गीतहरु रहेका छन् । गीतकार थापाको निधनप्रति दुःख व्यक्त गर्दै कलाकारहरु सामाजिक सञ्जालमा श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्