Logo

क्वारेन्टिनमा राखेकालाई योग अभ्यास सिकाइने



कैलाली, १४ जे : धनगढी उपमहानगरपालिकाले क्वारेन्टिनमा राखिएका व्यक्तिलाई सामाजिक दूरी कायम गर्दै योग अभ्यास र स्वास्थ्यसम्बन्धी ज्ञान सिकाउने भएको छ । उपमहानगरपालिकामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

“उपमहानगरपालिकाले आफँै तालिम दिएर यसअघि नै विद्यालयका ३० जना शिक्षकलाई योग प्रशिक्षक तयार गरेको छ”, प्रमुख नृपबहादुर वडले भन्नुभयो, “यसका लागि क्वारेन्टिनमै योग प्रशिक्षकलाई नै परिचालन गरी योग अभ्यास गराइने छ ।” प्रशिक्षकद्वारा बिहानको समयमा योग अभ्यास गराइने भएपछि क्वारेन्टिनमा राखिएका व्यक्तिमा स्फूर्ति ल्याउने प्रमुख वडको भनाइ छ ।

त्यसैगरी क्वारेन्टिनमा रहेकालाई स्वास्थ्यसम्बन्धी ज्ञान दिनका लागि स्वास्थ्यकर्मी पनि परिचालन गरिने उपप्रमुख सुशीला मिश्र भट्टले बताउनुभयो । स्वास्थ्यकर्मीले कोरोनालगायत अन्य रोगसम्बन्धी रोकथामका उपाय, सरसफाइ र क्वारेन्टिनमा रहेकाको मनोबल उच्च बनाउने किसिमका ज्ञान दिने बताइएको छ ।

उपमहानगरपालिकाका १९ वटा क्वारेन्टिनमा हालसम्मको तथ्याङ्क अनुसार ३१० जना रहेका छन् र यो सङ्ख्या थपिन सक्ने क्वारेन्टिन व्यवस्थापन उपसमिति संयोजक नारायणप्रसाद बरालले बताउनुभयो ।रासस File Photo



प्रतिक्रिया दिनुहोस्