Logo

२०७७/७८को बजेट प्रस्तुत, प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ११ अर्ब ६० करोड विनियोजन



काठमाडौं, १५ जेठ । अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को राजश्व र व्ययको वार्षिक अनुमान ९बजेट० प्रस्तुत गरेका छन् । सङ्घीय संसद्को संयुक्त बैठकमा मन्त्री खतिवडाले आज बजेट प्रस्तुत गरेका हुन् ।

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ११ अर्ब ६० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । मन्त्री खतिवडाले प्रधानमन्त्री रोजगार कार्यक्रमको दायरा विस्तार गर्ने बताए । उक्त कार्यक्रमबाट २ लाख रोजगारी सिर्जना गरिनेपनि खतिवडो जनाए । सरकारले यो वर्ष स्वास्थ्य क्षेत्रमा ९० अर्ब ६९ करोड रुपैयाँ बजेट छुट्याएको छ। Photo By: Mukunda Kalikote-ReportersNepal



प्रतिक्रिया दिनुहोस्