Logo

अर्थमन्त्रीद्धारा बजेट प्रस्तुत, टुरिजम क्षेत्रको पुनरुत्थानका लागि ५० अर्बको कोष स्थापना



काठमाडौं, १५ जेठ । अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को राजश्व र व्ययको वार्षिक अनुमान ९बजेट० प्रस्तुत गरेका छन् । सङ्घीय संसद्को संयुक्त बैठकमा मन्त्री खतिवडाले आज बजेट प्रस्तुत गरेका हुन् । अर्थमन्त्री डा खतिवडाले प्रस्तुत गरेको यो तेस्रो बजेट हो ।

बजेट प्रस्तुत गर्दै मन्त्री खतिवडाले पर्यटन क्षेत्रको पुनरुत्थानका लागि ५० अर्ब रुपैयाँको पर्यटन कोष स्थापना गर्ने घोषणा गरेका छन् ।उक्त कोषबाट ५ प्रतिशत ब्याजमा सहुलियत ऋण उपलव्ध गराइने पनि उनले जनाए । Photo By: Mukunda Kalikote-ReportersNepal.com



प्रतिक्रिया दिनुहोस्