Logo

आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत, सुरक्षाकर्मीसहित सरकारी कर्मचारीको पोशाक स्वदेशमै उत्पादन गर्ने



काठमाडौं, १५ जेठ । अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गरेका छन् । सङ्घीय संसद्को संयुक्त बैठकमा मन्त्री खतिवडाले आज बजेट प्रस्तुत गरेका हुन् । मन्त्री खतिवडाले सरकारी कर्मचारीको पोसाक र अन्य उपभोग्य सामग्री देशमै उत्पादन गर्ने घोषणा गरे । आगामी आर्थिक वर्षको बजेटमा सुरक्षाकर्मीसहित राष्ट्रसेवक कर्मचारीको पोसाक र खाना नेपालमै उत्पादन गर्ने उनले स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्