Logo

मदन भण्डारी प्राविधिक विश्वविद्यालय सञ्चालन गर्न १ अर्ब २५ करोड विनियोजन



काठमाडौं, १५ जेठ । अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को राजश्व र व्ययको वार्षिक अनुमान ९बजेट० प्रस्तुत गरेका छन् । सङ्घीय संसद्को संयुक्त बैठकमा मन्त्री खतिवडाले आज बजेट प्रस्तुत गरेका हुन् । अर्थमन्त्री खतिवडाले प्रस्तुत गरेको यो तेस्रो बजेट हो ।

बजेट भाषणको क्रममा मन्त्री खतिवडाले प्राविधिक तथा व्यावहारिक शिक्षाका लागि मदन भण्डारी प्राविधिक विश्वविद्यालय सञ्चालन गर्न एक अर्ब २५ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्