Logo

भारत चीन सिमाको हिमाली क्षेत्रमा युद्धको खतरा, सैन्य गतिविधि तिव्र



एजेन्सी १५ जेठ । भारत र चीनबीच सीमा विवादले युद्व निम्त्याउन सक्ने खतरा देखिएको छ । लदाखदेखि अरुणाचल प्रदेशसम्मको हिमाली क्षेत्रमा चीनले आफ्नो गतिविधि तीब्र पारेको छ । उक्त गतिविधिले दुवै देशबीच युद्व हुनसक्ने सम्मको आँकलन विज्ञहरुले गरेका हुन् । उक्त क्षेत्रमा भारतले समेत आफ्ना सीमा सुरक्षाको गतिविधि तीब्र पारेको छ ।

भारतले उठाएको सीमा विवाद मुद्दा योजनावद्व रहेको चीनले बारम्बार भनिरहेको छ भने चीनले प्यांगयोंग त्सोको तीन क्षेत्रबाट भारतीय सीमा मिचेको आरोप लगाइरहेको छ । चीन समिा विवादीत क्षेत्रमा कमजोर भइ प्रस्तुत नहुने र आफ्नो सुरक्षालाई मजबुत बनाई उपस्थित हुने चिनियाँ सञ्चार माध्यममा उल्लेख गरिएको छ ।

चीनले लगाातार विवादीत क्षेत्र मिचिरहेको र अगााडि बढीरहेको भारतलाई समेत मान्य नहुने जनाइएको छ । मिचि रहेको भूभागलाई लिन लडाई मात्र विकल्प रहेको भारतीय सञ्चार माध्यममा उल्लेख भइरहेको छ । चीनको पाकिस्तान प्रतिको झुकाव समेत बढीरहेको भारतीय सञ्चारमाध्यमहरुले लगातार भनिरहेका छन् । भारत सित चीनको मात्र सीमा विवाद नभइ नेपालसंग पनि उत्तिकै देखिएको छ । नेपाल र भारतबीचको समिा विवाद समेत भारतले सल्टाउन नसकेकोमा भारतले महत्वपूर्ण गृहकार्य गर्नुपर्ने आवश्यकता चीनले औँल्याएको छ । भारतको अमेरिका, जापान जस्ता देशहरुसंगको सम्बन्धले भारतको दृष्टीकोणप्रति चीनले खेद प्रकट गरिरहेको छ साथै भारतले चीन प्रभावित क्षेत्र तिबतमा निगरानी बदाएपछि भारतीय गतिविधि शंकास्पद रहेको चीनको भनाइ रहेको छ ।

हिमाली क्षेत्रमा दूवै देशबीचमको स्ट्याण्ड आफ सझौतालाई धक्का पुग्ने र युद्व निम्तिने खतरा देखिएको छ । चीन र भारत दुवै देशले सीमा क्षेत्रमा पूर्वाधार निर्माणलाई गति दिएपछि सैन्य उपस्थिति बढाएका हुन् । चीनले लदाख नजिकै हवाई केन्द्र विस्तार गरिरहेको स्याटलाइट तस्बिरले देखाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सैन्य उपस्थिति पनि बढाएको उल्लेख छ ।

बढ्दो तनावलाई दृष्टिगत गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभाल, रक्षा प्रमुख विपित रावतसहित स्थल, जल र हवाई गरी तीनैवटा सेनाका प्रमुखहरुसँग भेटेका छन् । रक्षामन्त्री राजनाथ सिंहले पनि सचिवहरुसँग आन्तरिक बैठक डाकेर सम्भावित चुनौतीबारे छलफल गरेको बुझिएको छ ।

यसैगरी, भारतले चीनसँग जोडिएको लदाखको विवादास्पद क्षेत्रसम्म विभिन्न पूर्वाधार निर्माण गर्न थाले भन्दै चिनियाँ पक्षले पनि शतर्कता अपनाएको छ । विवादास्पद क्षेत्रलाई भारले आफ्नो दाबी गर्दै आएको छ । चीनले यसअघि नै उक्त क्षेत्रमा पूर्वाधार विकास गरिसकेको छ । भारतले अहिले त्यस क्षेत्रमा पूर्वाधार विकासलाई तिव्र पारेको छ । जहाँ हजारौं सैनिक तैनाथ गरिएका छन् । लदाखको विवादास्पद उच्च क्षेत्रमा यी दुई देशको बढ्दो सैन्य उपस्थितिलाई गम्भीरताका साथ हेरिएको छ ।

भारतले लदाखमा चीनसँग जोडिएको सीमा क्षेत्रसम्म रणनीतिक सडकहरुको निर्माण योजना सारेको छ । सन् २०२२ सम्म ६१ वटा सडक निर्माणको लक्ष्य पुरा गर्ने उल्लेख छ । रणनीतिक रेल्वे लाइनहरुको योजना पनि सारेको छ । जसमध्ये ९ वटा चीनसँग र ५ वटा भारतसँगको सीमा नजिकसम्म हुनेछ । यसबाहेक हवाई केन्द्रहरु स्थापना गर्ने देखि स्तरोन्नतिसम्मको योजना रहेको टाइम्स अफ इन्डियाले जनाएको छ ।

यसैगरी विदेशी शक्तिको चलखेलले सिमा विवाद तनावग्रस्त बनेको चीनको भनाई छ । चिनियाँ प्रभावित गल्वान क्षेत्रबाट चीनले आफ्नो गतिविधि तीब्र र आक्रमक पारेपछि भारतको केन्द्र दिल्लीसम्मको विषय बनेको थियो । चीनले तीन तर्फबाट लाइन अफ कन्ट्रोल पार गरी आफ्नो सैन्य गतिविधि तीब्र पारेको भारतीय सञ्चारमाध्यममा बारम्बार आइरहेको देखिन्छ । चीनले भने उक्त क्षेत्र आफ्नो भन्दै दाबी गर्दै आएको छ ।

चीन र भारतले अफ्नो क्षेत्र दाबी गरिरहेको पूर्वी लदाखमा सिमांकन भने स्पष्ट नरहेको कारण दूवै देशहरुले पेट्रोलिङ तीव्र गरेको चिनियाँ सञ्चारमाध्ममा उल्लेख छ । चीन भारतीय पदाधिकारीबीच उच्च स्तरको वार्ता भइरहेको जनाइएको छ । यस विषयका केहि मुद्दाहरु मात्रा समाचारमा आइरहेको कारण सोहि विषयले सर्वसाधारणको ध्यान समेत केन्दित गरेको चिनियाँ सञ्चारमाध्यमा उल्लेख गरिएको छ । अहिले उत्पादित समिा विवाद दिल्लीको योजनावद्व चाल रहेको चिनको यस प्रति आपत्ति रहेको छ । भारतलाई समेत उक्त क्षेत्र चीनकै रहेको स्पष्ट भएपनि गतिविधि तीब्र पारेकोमा चीनले पछाडि नहट्ने दाबी गरेको छ ।

भारतले आफ्नो तीब्रता कम नगरे बेजिङ दिल्लीको सम्बन्धमा असर पुग्ने र डोक्लाम स्ट्याण्डअफ सम्झौतामा समेत धक्का पुग्ने भनिएको छ । यस गतिविधिमा विदेशी शक्तिले समेत हावा दिइरहेको उल्लेख गरिएको छ । चीनलाई अमेरिकाले बारम्बार कोरोनाका कारण आरोप प्रत्यारोप लगाइरहेको कारण दुवै देशबीच तवाको स्थिती रहेको छ । अमेरिकाले भारत र चीनको सम्बन्ध नरुचाएको र बारम्बार तनाव सिर्जना गरिरहेको चिनियाँ सञ्चार माध्यममा उल्लेख गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्