Logo

प्रधानमन्त्रीले अस्पतालमा बसेर लेखेको गीतको मर्म के ?



जेठ १५, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा रचित गीत बन्छ नमुना नेपाल सार्वजनिक भएको छ । प्रधानमन्त्री ओलीले दोस्रो मृगौला प्रत्यारोपण गराउन त्रिभुवन त्रिभुवन शिक्षण अस्पतालमा बस्दा यो गीत लेखेका हुन् । नेकपाको अध्यक्ष समेत रहेका प्रधामन्त्री ओलीले आफूले बनाउन चाहेको नेपालको गीत मार्फत परिकल्पना गरेका छन् ।

गीतले भनेजस्तै स्वदेशमै रोजगारी, स्वदेशमा बस, रोजिदैन् अव प्रवास अब गर्ने देश विकास यो प्रधानमन्त्री केपी शर्मा ओलीको गीतले भनेजस्तै सबैको चाहना हो । तर, गीतको दृश्यमा भनेजस्तै यतिबेला अधिकांश नेपाली बैदेशिक रोजगारमा जानुपर्ने बाध्यता छ । प्रधानमन्त्री ओलीको गीतले खेर जाँदैनन् नदी नाला बाझो हुनन् खेत र नाङगा हुनन् डाँडा पाखा हाम्रो यो उर्वर देश भनेको छ ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य एवम् संगीत विभाग प्रमुख समेत रहेका संगीतकार प्राज्ञ अशोक राईले उक्त गीतमा संगीत भरेका छन् । देशप्रेम, देश विकास र समृद्धिको सपना झल्किने गीत युवा गायक सञ्जय तुम्रोक र गायिकाद्वय दुर्गा परियार र श्रेयसी चेम्जोङको स्वरमा छ ।

प्रधानमन्त्री ओलीले मृगौला प्रत्यारोपन गर्न शिक्षण अस्पतालमा गएका बेला नेपालको सुन्दर कल्पना गर्नु निक्कै राष्ट्रप्रतिको प्रेम हो । तर, उपचारपछि बालुवाटार फर्किएका प्रधानमन्त्री ओलीले गीतमा लेखेजस्तै शब्दहरुको कार्यान्वयन गर्न पहलकदमी लिएको देखिदैन् । गीत त सार्वजनिक भयो गितले भनेजस्तै बिदेशमा रहेका नेपालीहरुले स्वदेशमै पसिना बगाउने वातावरण भने कहिले बन्ला प्रधानमन्त्रीज्यू ।



प्रतिक्रिया दिनुहोस्