Logo

७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य महत्वाकांक्षी : सुरेन्द्र पाण्डे



काठमाडौं, १५ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य महत्वाकांक्षी भएको टिप्पणी गरेका छन् । संघीय संसद परिसरमा पत्रकारहरुसँग कुरा गर्दै पाण्डेले यस्तो टिप्पणी गरेका हुन् । उनले समग्रमा बजेट राम्रै भए पनि कार्यान्वयमा भने चुनौती रहने अप्ठ्यारो औंल्याए ।

राजश्व कम उठ्न सक्ने तथा वैदेशिक सहायता कम आउने अपेक्षा ठीक हो भन्दै उनले २ खर्ब ९९ अर्बको वैदेशिक ऋण पूरा हुन गाह्रो पर्ने बताए । उनले आन्तरिक ऋण २ खर्ब २५ अर्ब रुपैयाँ उठाएर चालु खर्चमा खर्च गर्न नपाउने भन्नुलाई राम्रो रहेको स्पष्ट पारे । तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्