Logo

बाबुको हत्या गरेको अभियोगमा पक्राउ



सर्लाही, १५ जेठ । आफ्नै बाबुको हत्या गरेको अभियोगमा बिनोद राय बुधबार बिहान पक्राउ परेका छन् । ७० वर्षीय राम अधिन रायको कर्तव्य गरी हत्या गरेको अभियोगमा बसवरिया गाउँपालिका धनगढा टोलका रायलाई प्रहरीले पक्राउ गरेको हो ।

राम अधिनलाई आफ्नै गोठको आँगनमा कर्तव्य गरी मारेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरीले राम अधिनको शव फेला पारेको हो । अभियुक्तको तत्काल खोजी गर्ने क्रममा आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा विनोदलाई प्रहरीले पक्राउ गरेको हो ।

राम अधिनले जग्गा जमिन अभियुक्तका दाइको नाममा मात्रै पास गरिदिएको विषयलाई लिएर बाबु सुतिरहेको अवस्थामा बाँसको लठ्ठीले शरीरका विभिन्न भागमा प्रहार गरी मारेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । घटनामा प्रयोग भएको बाँसको लठ्ठी लगायतका सामान प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्