Logo

चोरी भएको नगद बरामद



काठमाडौं, १५ जेठ । चोरी भएको नगद ६ लाख ९४ हजार रुपैयाँ बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ । दक्षिणकाली नगरपालिका चाल्नाखेलस्थित नेपाल चौपाया खरिद बिक्री प्रालिबाट जेठ १० गते चोरी भएको नगद ८ लाख ४० हजार रुपैयाँ मध्ये नगद ६ लाख ९४ हजार रुपैयाँ बरामद गरेको हो ।

उक्त नगद चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ चोरीमा संलग्नहरुको खोजी गर्ने क्रममा महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले चाल्नाखेल डेरा गरी बस्ने भारत घर भएका ३ जना बालकहरुको साथबाट उक्त नगद र ३ थान मोबाइल बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्