Logo

प्रकृतिको प्यासमा सन्नी लियोनी



विश्वका धेरै जसो देशमा लगाएको लकडाउनले सम्पुर्ण मानिसहरु घर भित्र बस्न बाध्य भएका छन् । भारतमा पछिल्लो समय थपिएको लकडाउनले बलिउडकर्मी पनि घर भित्रै बसेरहेका छन् । अभिनेत्री सन्नी लियोनी पनि लकडाउनले फुर्सदमा छिन् ।

पोर्न दुनियाँबाट बलिउडमा प्रवेश गरेकी सन्नी आफ्नो बच्चा र पतिसँगै बस्दै आएकी छिन् । सन्नीले सम्राट बस्नेतले निर्देशन गरेको नेपाली फिल्म ‘पासर्वड’ मा अभिनय गरिसकेकी छिन् । उनको नेपालमा व्यापारिक कार्यक्रम देखि प्रिमियर शो का लागि सहभागी हुन नेपाल आउने जाने क्रम विगतका केहि वर्षदेखि भइरहेको छ । फुर्सदमा भएका सम्पुर्ण कलाकर्मीहरु अहिले सामाजिक सञ्जालको सदुपयोग गरीरहेका छन् ।

सामाजिक सञ्जालमा सक्रिय सन्नीले ताजा हावा प्राप्त गर्न र प्रकतिको सुन्दरता नियाल्न बगैचामा सहि स्थान भएको भन्दै सामाजिक सञ्जालमा सुन्दर तस्वीर सार्वजनिक गरेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्