Logo

सम्बन्ध विच्छेद पछि सक्रिय हुदै उषा खड्गी



काठमाडौ, जेठ १५ । उषा खड्गी सातौ मिस नेपाल हुन् । अहिले सम्मकै मिस नेपाल मध्येकी सुन्दर मिस नेपाल उषा विरगञ्जमा जन्मिएकी हुन् । सन् १९९९मा पोखरामा सुन्दरी प्रतियोगितामा भाग लिई प्रथम उपविजेताको उपाधी प्राप्त गरेकी थिइन् ।

वीरगञ्जको प्रतिनिधित्व गरेर काठमाडौ आएकी उषाले मिस नेपाल सन् २०००मा विजेताको ताज पहिरिन सफल भएकी थिइन् । उनको विवाह नेपाल टेलिभिजनको पुर्व कार्यक्रम प्रस्तोता जिपी तिमिल्सिनासँग भएको थियो । प्रेम विवाह गरेको यो जोडीको एक छोरा र छोरी छन् । भर्खर मात्र यो सुन्दर जोडीले सम्बन्ध विच्छेद गरेका छन् । सम्बन्ध विच्छेद पश्चात उषा सामाजिक सञ्जालमा झन धेरै सक्रिय हुदै आएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्