Logo

बजेटले समाजवादको बाटो समात्छ, म सन्तुष्ट छु : प्रचण्ड



जेठ १५, काठमाण्डौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले समाजवादको बाटो समाउने बजेट आएको भन्दै आफु सन्तुष्ट रहेको प्रतिक्रिया दिएका छन् ।

सरकारले बजेट सार्वजनिक गरेपछि बिहीबार संसद भवन नयाँ बानेश्व्रमा सञ्चारकर्मीसंग कुरा गर्दै दाहालले बजेट निकै सन्तुलित आएको पनि बताए । उनले जनतालाई राहत दिने, सिर्जनात्मक ढंगले आएको र यसबाट आफु खुसी रहेको धारणा व्यक्त गरे । दाहालले निम्न बर्गलाई राहत दिनेगरि बजेट आएको दावी गरेका छन् ।

त्यस्तै पूर्वअर्थमन्त्री एवं काग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले बैदेशीक रोजगारबाट फर्कने नेपालीहरुका लागी उल्लेख्य कार्यक्रम नआएको बताउका छन् । बजेटले नीजि क्षेत्रलाई पनि उत्साहित गर्न नसक्ने उनको दावी छ ।

त्यस्तै जनतासमाजवादी पार्टीका नेता उपेन्द्र यादवले पराम्परागत बजेट आएको आरोप लगाउँदै कोरोनापछिको अवस्थामा जनशक्ति र सामाग्री अभावलाई पूर्ति गर्न बजेट अपर्याप्त रहेको जिकिर गरे ।

त्यस्तै कांग्रेस कांग्रेसका नेता एवं छाँया अर्थमन्त्री डा मिनेन्द्र रिजालले बजेटपछि सरकार र अर्थमन्त्री पूर्णत असफल देखिएको तर्क गरेका छन् । उनले बजेटमा चौडाहा भिजन नभएको धारणा पनि राखे ।



प्रतिक्रिया दिनुहोस्