Logo

सर्वाधिक पारिश्रमिक लिने नायिका पुजा शर्मा



काठमाडौ, जेठ १५ । नायिका पुजा शर्मा नेपाली चलचित्र उद्योगकी एक चर्चित अभिनेत्री हुन् । सिन्धुपाल्चोकमा जन्मिएकी पुजा ‘थ्री लबर’ बाट चलचित्र क्षेत्रमा डेब्यु गरेकी हुन् । धेरै चलचित्रमा अभिनय गरेपनि फिल्म ‘प्रेम गीत’ उनको सफल चलचित्र हो ।

चलचित्र ‘पोइ पर्यो काले’ उनले २० लाख रुपैयाँमा अनुबन्धित भएर सर्वाधिक मंहगी नायिकाको सुचीमा परेकी हुन् । उक्त फिल्ममा नायक आकाश श्रेष्ठ भने १८ लाखमा अनुबन्धित भएका थिए । पुजा लकडाउनमा फुर्सदमा घरमा बसेकी छिन् । सामाजिक सञ्जालमा सक्रिय उनले दिनहु आकर्षक तस्वीर सार्वजनिक गर्दे आएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्