Logo

कुन प्रदेशमा कति जना संक्रमित ? यस्तो छ कोरोना परिक्षणको तथ्याङ्क



जेठ १५, काठमाण्डौ । नेपालमा अहिलेसम्म कूल १ लाख ६२ हजार ७ सय ३० जनाको कोरोना भाइरस परीक्षण गरिएको छ । हालसम्म ६० हजार ६ सय ९६ जनाको पिसीआर परीक्षण र १ लाख २ हजार ३४ को ¥यापिड अर्थात आरडिटी टेस्ट गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । पछिल्लो २४ घण्टामा २ हजार ४ सय १९ वटा पिसिआर परिक्षण भएको छ भने आरडिटी विधिबाट १ हजार ७ सय ४८ वटा परिक्षण भएको छ । दुवै विधि गरेर पछिल्लो २४ घण्टामा ४ हजार १ सय ६७ वटा परीक्षण भएको छ । यो संख्या अघिल्लो दिनको भन्दा थोरै हो ।

अहिलेसम्म प्रदेश एकमा ११३२२, प्रदेश दुईमा ६६१७, बागमति प्रदेशमा २४८६४, गण्डकी प्रदेशमा ७९५०, प्रदेश पाँचमा १८७९४, सुदूरपश्चिम प्रदेशमा २१ हजार १ सय ३५ र कर्णाली प्रदेशमा ११३५२ जनाको ¥यापिड टेस्ट सम्पन्न भएको छ ।

मन्त्रालयका अनुसार हालसम्म देशभरका क्वारेन्टाइनमा ८६ हजार ५७ जना रहेका छन् । बागमति प्रदेशमा सबैभन्दा कम जम्मा १ हजार ६ सय ३१ जना क्वारेन्टाइनमा रहेका छन् । सबैभन्दा धेरै प्रदेश पाँचमा करिब २९ हजार १ सय ५८ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

आज एकै दिन अहिलेसम्मकै धेरै एक सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या एक हजार ४२ पुगेको हो ।
पछिल्लो २४ घण्टामा थप संक्रमण पुष्टि हुनेहरुमा धनुषाका २९ जना, झापाका २५ जना, रौतहटका २० जना, महोत्तरीका १७, सप्तरीका १४ जना, सुर्खेतका १३ जना, दैलेखका ८ जना, सर्लाहीका ७ जना, स्याङ्जाका ३ जना, दोलखा, कैलाली र बर्दियाका २र२ जना र बाँके, मकवानपुर, दार्चुला, बझाङ, सोलुखुम्बु र नवलपरासी पूर्वका एक एक जना रहेका छन् ।

मन्त्रालयकाअनुसार अहिलेसम्म उपचारपछि निको हुनेको संख्या एक सय ८३ पुगेको छ भने मृतकको संख्या ५ पुगेको छ । बुधबार राति ललितपुरका एक जना पुरुषको कोरोनाका कारण मृत्यु भएको थियो ।

विहिबार साँझ ५ बजेसम्म प्रदेश एकमा ९९, प्रदेश दुईमा ३१३, बागमति प्रदेशमा ३१, गण्डकी प्रदेशमा १५, प्रदेश पाँचमा ३२९, कर्णाली प्रदेशमा ४७ र सुदूरपश्चिम प्रदेशमा १६ जना संक्रमितको आइसोलेसनमा उपचार भइरहेको छ । अहिले कूल ६ सय ९९ जनाको उपचार भइरहेको छ । त्यसैगरी अहिलेसम्म १ सय ८७ जना उपचार पछि निको भएर डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरुमध्ये प्रदेश एकमा ३०, प्रेदशमा दुईमा १०१, बागमति प्रदेशमा ११, गण्डकी प्रदेशमा २, प्रदेश पाँचमा ३८ र सुदुरपश्चिम प्रदेशमा ५ जना रहेका छन् । पछिल्लो २४ घण्टामा ४ जना निको भएर घर फर्किएका हुन् ।



प्रतिक्रिया दिनुहोस्