Logo

पुतलीलाई अंगालोमा बेर्दै वर्षा सिवाकोटी



काठमाडौ, जेठ १५ । विश्वभरका मानिसहरु कोरोना माहामारीको अन्त्य होस् भनेर कामना गर्दैछन् । मानिसहरु सामान्य जीवनमा फर्कने आशामा बाचेका बेला सामाजिक सञ्जाल दुःखको सारथी भएको छ । त्यस्तै नेपाली कलाकारहरु लकडाउनको अन्त्यसंगै सामान्य जीवनमा र्फकन आतुर रहेका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो भावना अभिव्यक्त गर्दै कलाकारहरुले फुर्सदको समय बिताइरहेका छन् ।

लकडाउनले घरमा बस्नुपर्दा नायिका वर्षा सिवाकोटीलाई निकै गाह्रो भैरहेको छ । वर्षा ‘परदेशी २’ चलचित्रमा व्यस्त भइरहदा अचानक उनको काममा ब्रेक लाग्न पुग्यो कोरोनाले । उनले सामाजिक सञ्जालमा कहिले विन्दास मुडमा भएको तस्वीर राख्छिन त कहिले छटपटिएको । यस्तै वर्षाले आज पुतलीलाई माया गर्दै गरेको आकर्षक तस्वीर इन्स्टाग्राममार्फत सार्वजनिक गरेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्