Logo

हात खुट्टा रुख जस्तै भएका ट्रि म्यान



बंगलादेशको एक व्यक्ति आश्र्चय लाग्दो रोगबाट पिडित भएका छन् । यस रोगको कारण अबुल बजनदारको हात खुट्टामा रुखको हाँगा जस्तै औला आएको छ । उनको यस्तो समस्याको कारण मानिसहरुले ‘ट्री मेन’ नाम राखिदिएका छन् ।

२६ वर्षको बजनदारले छिटो नै एपिडर्मोडाइस्प्लासिया वेरुसिर्फोमिस नामको यो रोगलाई सर्जरी गरेर रोगबाट मुक्त हुनेछन् । अस्पतालले सर्जरी पश्चात उनको ५ किलो तौल घट्न सक्ने बताएको छ । हालसम्मको उनको उपचारको पुरै खर्च अस्पतालले नै व्योहोरेको छ । उनको यो समस्या एकैचोटी नभई विस्तारै विस्तारै बढेको अबुलले बताएका छन् ।

उनी पहिला रिक्शा चलाउदै गुजारा चलाउथे, तर यो रोगको कारण मालिकले कामबाट निकाली दिएका थिए । यसपछि छिमेकीले पनि टोलबाट नै उनलाई निकालेका थिए । अबुल सहित यस्ता बिरामी यो विश्वमा नै ३ जना रहेको बताइएको छ । इन्डोनेशियमा एक गाउँका यो रोगबाट पिडित व्यक्तिको २००८मा सफल शल्यक्रिया गरेको थियो । उनको शरीरमा पुरै मासु बढेको थियो । यो धेरै रेयर जेनेटिक स्किन डिसअर्डर हो, जसमा मानिस रुखले जस्तो जरा र हाँगाहरु बढ्दै जान्छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्