Logo

५० हजार ऋण तिर्न नसक्दा १४ वर्षदेखि वनवास



कलियुगमा वनवास शब्द सुन्नपनि डर लाग्छ, तर यो साचो हो । एक व्यक्तिले सहकारीबाट लिएको ५० हजार ४ सय रुपैयाँ ऋण चुकाउन नसकेकोले २.२९ हेक्टर खेत लिलाम गरिदिएकाले ती व्यक्ति १४ वर्षदेखि आफ्नो कारमा जंगलमा बसीरहे ।

जिल्ला प्रशासन कार्यालयले पुनर्वासको कोशिश तिव्ररुपमा गरिरहेको छ । चन्द्रशेखर गौडा नामका यी व्यक्तिले १९९९ मा आफ्नो कामको लागि ऋण लिएका थिए । २००२ मा सहकारीले कारबाही शुरु गर्यो । शुरुमा सहकारीले जग्गा लिलामी ग¥यो र पछि घर पनि । एकाएक आफ्नो सम्पत्ती लिलामी परेपछि विरक्तिएका गौडा सेकेन्ड ह्यान्ड कार खरिद गरेर जंगलमा आफ्नो घर बसाले । जंगलमा बस्दै आएका उनले हातले टोकरी बनाउने काम गर्छन र उक्त टोकरी बेच्नलाई २१ कि.मि पैदल यात्रा गरेर ४० रुपैयाँ प्रति पीसमा बेच्दै आएका छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्