Logo

संक्रमित तीब्र गतिमा बढ्दै, लकडाउन किन खुकुलो ?



जेठ १५, काठमाण्डौ । दुई जनामा कोरोना संक्रमण हुँदा सुरु गरिएको लकडाउन ६६ दिन हुँदा संक्रमितको संख्या हजार नाघेको छ । कोरोना बढ्दै जाँदा लकडाउनमा थप कडाई हुनुपर्ने हो । तर, कोरोनाको रोकथाम र जोखिम गर्न सरकारले घोषणा गरेको लकडाउन भने दैनिक खुकुलो भइरहेको छ ।

सरकारले कोरोना संक्रमणको जोखिम कम गर्न काठमाडौंमा दुई जना संक्रमित देखिने बित्तिकै लकडाउन सुरु ग¥यो । ६६ दिन पुग्दा नेपालमा कोरोना संक्रमित हजार नाघेको छ । तर, झन् लकडाउनको पूर्ण पालना गर्नुपर्ने बेला काठमाडौं उपत्यकामा भने लकडाउन ह्वात्तै उलंघन भइरहेको छ । काठमाडौं उपत्यकाको सडक हेर्दा लाग्छ लकडाउन खुकुलो त भएको होइन भन्ने दृश्य देखिएका छन् । तर, लकडाउन जारी नै छ । काठमाडौं उपत्यकामा निजी सवारी साधन र मोटरसाइकल मात्रै होइनन् सरकारी र संस्थानका सवारी साधन पनि बाक्लै गुडेका देखिन्छन् ।

लकडाउन अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन आग्रह गर्दागर्दै पनि कतिपयले भने अटेरी गर्दै आएका छन् । बिभिन्न बाहनामा सडकमा निष्किनेको कमी छैन् । लकडाउन उल्लंघन गर्नेहरुलाई महानगरीय ट्राफिक प्रहरी दिनहुँ पक्राउ गर्दै आएको छ ।

लकडाउनका बेला सरकारले वितरण गरेको आवात–जावत अनुमति पत्र अर्थात पासको दुरुपयोग पनि बढिरहेको छ । प्रहरीले अत्यावश्यक बाहेकका कामका लागि गाडी चलाएको पाइए चालकलाई फर्काएर बेलुकी मात्रै गाडी छाड्ने गरेको छ ।

कोरोनाको त्रास हुँदा हुँदै पनि सडकमा निष्किनुपर्ने बाध्यता रहेको केही सर्वसाधारणको भनाई छ । सरकारले लकडाउन गरेर मात्रै नहुने भन्दै त्यसको बिकल्प खोज्नुपर्ने सर्वसाधारणको माग छ ।

सरकारलले पहिलो पटक चैत ११ देखि १८ गतेसम्म लकडाउन गरेको थियो । दोस्रो चरणमा चैत २५ सम्म बढाइयो । तेस्रो चरणमा चैत्र २६ देखि वैशाख ३ गतेसम्म पु¥याएको सरकारले चौथो चरणमा वैशाख १५ र पाँचौं चरणमा वैशाख २५ र छैटौं पटक जेठ ५ गतेसम्म थपेको थियो । सातौँ पटक थपेको लकडाउन जेठ २० गतेसम्म छ । तर, एकातिर कोरोना संक्रमित थपिदै जानु र अर्कोतिर लकडाउन उलंघन हुँदै जानुले कोरोनाको त्रास थप बढाएको छ ।



प्रतिक्रिया दिनुहोस्