Logo

खेलकूदमा घटाइयो बजेट, केके छन् प्राथमिकतामा ?



जेठ १५, काठमाण्डौ । सरकारले आर्थिक वर्ष २०७७÷७८ का लागि युवा तथा खेलकुद मन्त्रालयमा २ अर्ब ३६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदमा बिहिबार नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै खेलकुद क्षेत्रलाई २ अर्ब ३६ करोडको बजेट विनियोजन गरेको जानकारी गराएका हुन् ।

खेलकुद पूर्वाधारको अभाव भएको कर्णाली प्रदेशमा खेलकुद सञ्‍चालन हुनसक्ने गरी राष्ट्रिय पूर्वाधार विकास गरिने अर्थमन्त्री खतिवडाले बताएका छन् । त्यस्तै कर्णाली प्रदेशमा उच्च पर्वतीय खेल कार्यक्रम सञ्चालन र सबै स्थानीय तहमा खेलग्राम विकास गरिने बजेटमा उल्लेख गरिएको छ ।

यसैगरी सरकारले अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आवश्यक बजेट विनियोजन गरेको छ । गत वर्षकै कार्यक्रम सबै स्थानीय तहमा खेलग्राम बनाउने योजनालाई निरन्तरा दिइएको छ । यस्तै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आवश्यक बजेट विनियोजन गरिएको पनि मन्त्री खतिवडाले बताए ।

सरकारले यस वर्ष युवा तथा खेलकुद मन्त्रालयको बजेट घटाएको हो । सरकारले गत आर्थिक वर्ष युवा तथा खेलकुद मन्त्रालयलाई ३ अर्ब ९९ करोड रुपैयाँ विनियोजन गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्