Logo

भारतबाट अर्घाखाँची आउँदै गर्दा बाटैमा मृत्यु भएका युवकलाई कोरोना भाइरसको संक्रमण पुष्टि



काठमाडौं, १५ जेठ । भारतको अहमदावादबाट अर्घाखाँची फर्कदै गर्दा मृत्यु भएका युवकको कोरोना भाइरसको पुष्टि भएको छ । १० जेठमा डुम्रियागञ्जमा मृत्यु भएका भुमिकास्थान ९ ढिकुराका ३४ वर्षीय युवकको रिपोर्ट पोजेटिभ आएको हो ।

अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विजय पौडेलले युवकलाई कोरोना भाइरसको संक्रमण पुष्टि गरे । कपिलवस्तुको सिमा हुँदै युवकको शव नेपाल छिराइएको थियो । उनीसँग अन्य साथीहरु पनि स्वदेश फर्किएका थिए ।

युवकसँगै आउने देखि शव उठाउनुका साथै सदगत गर्ने सम्पर्कमा आएकाहरु सम्मको परीक्षण शुरु भइकेको छ ।

युवकको भारतमै निधन भएको र शव नेपाल ल्याइएकोले यसलाई नेपालभित्रको मृत्यु भन्न नमिल्ने देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्