Logo

रुकुमपश्चिममा भएको घट्नाको विरोधमा लम्सालको नेतृत्वमा धादिङमा विरोध प्रदर्शन, दोषीलाई कारबाही गर्न माग



धादिङ, १५ जेठ । समाजसेवी तथा नेकपाका युवा तथा जुझारु नेता राजन लम्सालले जातीय छुवाछुतको अन्त्य हुनुपर्ने बताएका छन् । जेठ १० गते रुकुमपश्चिमको चौरजहारी नगरपालिका-८ मा जाजरकोटका नवराज बिकलाई अन्तरजातीय प्रेम सम्बन्धका कारण निर्मम कुटपिट गरी हत्या गरिएको घट्नाको निन्दा गर्दै लम्सालले दोषीहरुलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने आवाज उठाएका छन् ।

आज बिहीबार लम्सालले आफ्नो नेतृत्वमा धादिङमा सोती घट्नाको विरोधमा जुलुश तथा विरोध प्रदर्शनसमेत गरेका छन् । उनले आजको एक्काईसौं शताब्दीमा पनि जातीय विभेद गर्नु जघन्य अपराध भएको टिप्पणी गरे । उनले समाजमा यस्ता खाले घट्ना हुन नदिनको लागि पनि देशभरिका युवाहरुलेपनि आ-आफ्नो ठाउँबाट सचेतनासहितको सक्रिय भूमिका खेल्नुपर्ने आवश्यकत्ता औंल्याए ।

नेपालको कानुनले जातीय छुवाछूतलाई अपराध मानेको अवस्थामा पनि समाजमा यस्ताखाले घट्ना घट्नु निन्दनीय भएको लम्सालको भनाई छ । नेपालको वर्तमान संविधानले प्रत्येक व्यक्तिको मानवोचित मर्यादा समान हुने प्रत्याभूति गरेको उल्लेख गर्दै उनले भने,’जातीय विभेद तथा छुवाछुत विरुद्धको अभिसन्धिलगायत मानवअधिकारसम्बन्धी बिभिन्न महासन्धिहरुको नेपाल पक्षराष्ट्र हो । २०६८ मा सबै प्रकारका जातीय भेदभावलाई उन्मुलन गर्ने र त्यस्ता घटना घटाइएमा कानुनी उपचारको बाटो अवलम्बन गर्ने कानुन नेपालको संसदबाट निर्माण भएको छ । यस्ता कानून बनेपनि कानूनको कार्यान्वयन पक्ष बलियो नहुँदा घट्ना बारम्बार घटिरहेका छन् । यसतर्फ राज्यको ध्यान जानुपर्छ ।’

उनले भोलिको दिनमा पनि समाजमा घट्ने जघन्य अपराधको बिरुद्ध आवाज सशक्त बनाउने विश्वास दिलाएका छन् । उनले सामाजिक सञ्जल फेशबुकमा लेखेका छन्,’म वीर गोर्खाली विर नेपालीको छोरो हुँ । देश र समाजमा भएका हरेक अन्याय, हिंसा र अत्याचारको बिरुद्ध सदा आफ्नो आवाज उठाउनेछु, सदा सत्यलाई साथ दिनेछु, सदा समाजसेवा र देशसेवामा समर्पित हुनेछु ।’



प्रतिक्रिया दिनुहोस्