Logo

मध्यरातमा बालाजु नजिकै दुर्घटना, दुई युवाको मृत्यु



काठमाडौं, जेठ १६ । विहिबार राती बालाजुमा मिनिट्रक र स्कुटर एक आपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ। गोगंबुबाट बालाजुतर्फ जाँदै गरेको बा २ ख ५४८४ नम्बरको मिनिट्रकले विपरितबाट आएको ना ६५ प २००१ नम्बरको स्कुटरलाई ठक्कर दिदा सुदूरपश्चिमका दुई जनाको मृत्यु भएको हो ।

दुर्घटनामा बझाङका २२ वर्षका लोकेन्द्र विष्ट र २५ वर्षका धनबहादुर बुढाको ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।महाशाखाले घाइते भएका बुढाको ट्रमा सेन्टरमा र विष्टको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारको क्रममा राति नै ज्यान गएको जनाएको छ।। मिनिट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



प्रतिक्रिया दिनुहोस्