Logo

केपी ओलीबाट भूमि आउनेवाला छैन: उपेन्द्र यादव (भिडिओसहित)



काठमाडौं, १६ जेठ । जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेता तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले मधेशका जनता, आदिवासीहरुले नै यो राष्ट जोगाएको स्पष्ट पारेका छन् । उनले भने,’मधेशी जनता, आदिवासीहरुले नै मुलुकलाई जोगाएको छ। मुलुकको एकतालाई जोगाएका छन् । यो कुरा यथार्थ हो । दोस्रो कुरा के हो भने हामी क्लियर नै छौं कि हामी हाम्रो भूभाग फिर्ता चाहन्छौं । हाम्रो भूभागमा हाम्रो अधिकार कायम होस भन्ने हामी चाहन्छौं । त्यसका लागि जे गर्नुपर्छ हामी गर्छों । तर, संविधान संशोधन हुँदाखेरि सबै राष्टिय समस्याहरु हल गर्नेगरि उठेका, सहमति भैसकेका मुद्दाहरुलाई समावेश गरेर बढ्न्होस भनेको हो हामीले प्रधानमन्त्रीज्यूलाई ।’

बिहीबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै यादवले यस्तो बताएका हुन् । यहाँको माग प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुभएन भने के हुन्छ ? भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा यादवले भने,’फेरि हामी प्रधानमन्त्रीलाई आग्रह गर्छौं । फेरि भेट्छौं । फेरि छलफल गर्छौं । त्यसपछि हामी निश्कर्षमा पुगौंला । अहिले हामी निश्कर्षमा पुगेका छैनौं । तर, हामी राष्टिय एकता, क्षेत्रिय अखण्डता, नेपालको सार्वभौमसत्ताको पक्षमा जहिलेपनि हामी उभिन्छौं । यादवले आफूहरुलाई पनि साथमै लिएर जाने प्रधानमन्त्रीको दायित्व भएको पनि सम्झाए । उनले भने, यदि उहाँले हामीलाई साथै लिएर जान सक्नुभएन भने त्यो उहाँको दोष हुन्छ ।’

संविधान संशोधनका आफ्ना मुद्दाहरु सम्बोधन हुन्छन् कि हुँदैनन् यो हेर्न बाँकी रहेको यादवको भनाई छ । उनले भने,’प्रधानमन्त्रीले हाम्रो मुद्दा सम्बोधन गर्ने कि नगर्ने ? त्यस विषयमा हाम्रो छलफल चलिराखेको छ । त्यसमा प्रधानमन्त्रीको दायित्व हो हामीलाई पनि साथमा लिएर जाने । यदि उहाँले लिएर जान सक्नुभएन भने त्यो उहाँको दोष हुन्छ । उहाँले हाम्रो मुद्दा सम्बोधन गर्नुहुन्छ भनेर विश्वास, अविश्वासको कुराभन्दा पनि नियतको कुरा हो । उहाँले मुलुकलाई कता लैजानुहुन्छ । यो पहिलो कुरा हो, अर्को कुरा देशको आन्तरिक एकता नभईकन, आन्तरिक एकता दहो नभईकन उहाँले भन्नुहुन्छ नि भूमि ल्याउने, भूमि ल्याउने होईन उहाँले । आउनेवालापनि उहाँबाट होईन । एउटा कुरा याद राख्नुहोस्।’

उनले प्रधानमन्त्री ओलीले सबैलाई साथमा लिएर नगई एक्लै अघि बढ्न खोजेको पनि आरोप लगाए । प्रधानमन्त्री ओली एक्लै हिँडेको बाटोलाई मुलुकलाई कहीँपनि नपुर्याउने उनको आरोप छ । भारतले अतिक्रमण गरेको नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी फिर्ता गर्नको लागि आन्तरिक एकता बलियो हुनुपर्ने उनको भनाई छ । भारतसँगको सिमा विवादको समाधानको लागि वार्ता नै उत्तम विकल्प भएकोले योबाहेक अरु कुनै बाटो नभएको पनि यादवले स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्