Logo

सिडिओ देखि जर्नेलसम्म संक्रमित भएपछि कर्मचारी र सुरक्षाकर्मीमा त्रास



काठमाडौं, १६ जेठ । देशमा कोरोना भाइरसको संक्रमण फैलिइरहेको छ । पछिल्लो समय कर्मचारी र सुरक्षाकर्मी पनि संक्रमित भेटिएका छन् ।

धनुषाका सिडिओ पनि संक्रमित भएका छन् । उनको हालै कोरोना परीक्षणमा रिपोर्ट पोजेटिभ देखिएको हो ।

यसअघि नेपाली सेनाका एकजना जर्नेल संक्रमित भेटिएका थिए । पृतनापति रहेका उनी संक्रमित भेटिएको खुलेको थियो ।

सेना, प्रहरी, सशस्त्र प्रहरी र गुप्तचर समेत संक्रमित हुन थालेका छन् । सबैभन्दा बढी जोखिममा प्रहरी र सेना परेका छन् ।

यसअघि स्वास्थ्यकर्मी र पत्रकारहरु संक्रमित भेटिएका थिए । हिजो संक्रमित एक हजार पुगेको हो । यसले महामारीले डरलाग्दो रुप लिनसक्ने त्रास बढेको छ ।



प्रतिक्रिया दिनुहोस्