Logo

चुनावमा हारेको बदला लिदै रक्सी खाएर वडा अध्यक्षमाथि कुटपिट



डडेलधुरा, जेठ १६ । भारतबाट गाउँ फर्किएकालाई व्यवस्थापन गर्न जुटेका वडा अध्यक्षमाथि दुव्र्यवहार भएको छ । अमरगढी नगरपालिका–१० का वडा अध्यक्ष विष्णु भट्टलाई एक स्थानीयले गाली गर्दै हातपात गरेका हुन् ।

अमरगढी १० मा ८९ जना भारतबाट भित्रिएको वडा सदस्य प्रेम विष्टले जानकारी दिए । सहश्रलिगं मावि राईको क्वारेन्टाइनमा ठाउँ नपुगेपछि वडा अध्यक्ष भट्ट नजिकैको रेडक्रसको भवनमा क्वारेन्टाइनका लागि व्यवस्था मिलाइरहेका थिए। यसैबेला स्थानीय जोगराज ऐरले उनीमाथि हातपात गरेका हुन ।

मदिराको नसामा रहेका ऐरले गाली गालौज गर्दै हातपात समेत गरेको एक स्थानीयले बताए। स्थास्नीय तहको गत निर्वाचनमा ऐर वडा अध्यक्षमा भट्टसँग पराजित भएका थिए।



प्रतिक्रिया दिनुहोस्