Logo

भारत-चीन सिमा विवादमा ट्रम्प पस्न खोजेपछि…



एजेन्सी १६ जेठ । भारत र चीनबीच सिमा विवाद बढ्दै गएको छ । यसले युद्धसम्मको अवस्था आउनसक्ने खतरा देखिएको छ ।

भारत र चीनबीचको विवादमा सँसारको ध्यान खिचिएको छ महामारी बीच सीमा विवादले दूवै देशबीचको सदभाव गुम्दै गएको देखिन्छ । सीमा विवाद दिनप्रतिदिन युद्व तर्फ धकेलिरहेको छ । सोहि विवाद नसल्टिने हुँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना ट्विटर मार्फत एक सन्देश जारी गरेका छन् । उनले दूवै देश इच्छुक रहेमा सीमा विवाद अमेरिकाले सल्टाउन मध्यस्थकर्ताको काम गर्न सक्ने उल्लेख गरिएको थियो ।

अमेरिकी राष्ट्रपति ट्रम्पको ट्विटले दूवै देशबीच अलगै माहोल खडा गरेको छ । उनको ट्विटको जवाफमा दूवै देशले आफ्नो सीमा विवाद सल्टाउन सक्षम रहेको र अमेरिकाको सहयोग आवश्यक नरहेको स्पष्ट पारेको छ । यसले ट्रम्पद्वारा जारी सन्देशले अमेरिकाको एसियामा चासो रखेको बुझिन्छ । दूवै ठूला देशबीचको सीमा विवादले आफ्नो चासो र बर्चस्व एसिया कायम गर्न खोजेको चिनियाँ सञ्चार माध्यमले जनाएको छ । बेजिङ र नयाँ दिल्लीबीचको सम्बन्ध सुमधुर भए अमेरिकाको एसियामा रहेको चासो र वर्चस्व गुम्न सक्ने जनाइएको छ ।भारतलाई ट्रम्प प्रशासनले भारतलाई तत्काल इन्डो प्यासिफिकको प्रमुख स्तम्भको रुपमा देखिरहेको छ । भारत र चीनबीचको सम्बन्ध कायम भए इन्डो प्यासिफिकमा असर पुग्ने खतरा देखिएपछि अमेरिकाले पुनः सीमा विवादमा मध्यस्थतकर्ताको भुमिका खोजेको चिनियाँ सञ्भार माध्यमले जनाएको छ ।

अमेरिकाको स्वःकेन्द्रित निती ‘अमेरिका फस्र्ट’ ले भारतीय प्रभानमन्त्री मोदीको ‘मेक इन इन्डिया’ क्यामपेनलाई असर पुग्ने काराण मादीले ट्रम्प प्रशासन उपयुक्त पार्टनर नरहेको स्पष्ट पारिसकेको छ । पछिल्लो वर्ष राष्ट्रपति ट्रम्पले भारत र पाकिस्तानबीच रहेको कश्मीर मुद्दामा समेत मध्यस्तर र सहयोग गर्ने अभिव्यक्ति दिएका थिए । मध्यस्थकताका नाममा एक अर्काबीच झगडा बल्झाउने अ‍ेमरिकी निती रहेको भन्दै भारत सचेत रहेको बुझिएको छ ।

अमेरिकाले जापान र दक्षिण कोरियाबीच, इनरायल र प्यालेसटाइनबीच मध्यास्तरको काम गर्दा त्याँहा अवस्था झन् बल्झिएको देखिन्छ । अमेरिका मध्यस्तर भन्दा पनि आफ्नो उपस्थिती र उक्त क्षेत्रमा आफ्नो वर्चस्व बढाउने योजना प्रस्ट देखिएको चिनियाँ सञ्चार माध्यममा उल्लेख छ ।

सन् २०१८ मा चीनको उहानमा भएको सम्मेलन र सन् २०१९मा भारतको चेन्नाईमा भएको सम्मेलनल भारत र चीन बीचको सीमा विवाद समाधान भइसेकेको जनाइएको छ । उक्त क्षेत्रमा दूवै देशबीको सीमाको विषयलाई लिएर उच्च स्तरबाट सधै वार्ता भइरहेको भारतीय अधिकारीहरुले समेत स्ष्स्ट पारिसकका छन् । दूवै देशको द्विपक्षीय स्तरबाट बार्तामा जोड दिनु पर्ने र अ‍ेमरिकी गतिविधिलाई दूवै देशले नजर राख्नु पर्ने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्