Logo

रुकुमपश्चिम घट्ना : शरिरमा कात्रो बेरेर माईतीघर मण्डलामा विरोध प्रदर्शन (फोटोफिचर)



काठमाडौं, १६ जेठ । रुकुमको चौरजहारी घटनाका दोषीलाई कारबाहीको माग राख्दै काठमाडौँको माईतिघर मण्डलामा प्रदर्शन भएको छ ।
राष्ट्रिय दलित पत्रकार संघ, नेपालका पदाधिकारीहरुले आज सरीरमा कात्रो कात्रो र दुवै हात बाँधेर सरकार अँध्यारोमा कहाँ छ, उज्यालो यहाँ छ भन्ने नारासहित विरोध प्रदर्शन गरेको हुन् । उनीहरुले पाँच जनाको हत्या र एक जना बेपत्ता पारिएको उक्त घटनाका दोषीलाई कानुनबमोजिम कारबाहीको माग गरेका छन् ।

गत शनिबार राति जाजरकोटाका नवराज विश्वकर्मा प्रेमिकालाई भगाउन भन्दै चौरजहारी पुग्दा गाउँलेहरुद्वारा आक्रमण भएको थियो । उक्त आक्रमणमा परी नवराजसहित पाँचजनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् ।  घटना जातीय विभेदका कारण भएको दाबीसहित दोषीलाई कारबाही गर्न माग गर्दै माइतीघरमा प्रदर्शन भएको हो । रुकुम घटनाको निष्पक्ष छानबिन गरी दोषिलाई कारवाही गर्न माग गर्दै प्रदर्शन गरिएको राष्ट्रिय दलित पत्रकार संघ नेपालले जनाएको छ ।

रकुममा भएको अमानवीय घटनालगायत देशभरी दलित समूदायमाथि भएको घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै प्रदर्शन गरिएको हो । संघले काठमाडौँमा माइतीघर मण्डला सहित देशभरी विरोध प्रदर्शन कार्यक्रम गरिएको जनाएको छ । संघका उपाध्यक्ष गोपाल बराइलीले रुकुममा भएको घटनाविरुद्ध देशव्यापी आन्दोलन थालिएको बताए । यति ठूलो घटना हुँदा पनि राज्य अँध्यारोमा मौन बसेकाले सरीरमा कात्रो र मैनबत्ति बालेर विरोध प्रदर्शन गरिएको उनले बताए । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्