Logo

लदाखमा चीनको सैन्य गतिविधि तीब्र



एजेन्सी १६ जेठ । विश्वका दूई ठूला देशहरुबीच सीमा विवाद तातीरहँदा चीनको गतिविधि उक्त क्षेत्रमा तीब्र भएको छ । स्याटलाइटद्वारा जारी तस्बिरले देखाएको अनुसार चीनले आफनो क्षेत्रमा सैन्य र आफ्नो हातहतियारको उस्थितीलाई तीब्र पारको छ । दूवै देशबीचको सीमा विवाद हल गर्न कुटनितिक तहबाट निरन्तर प्रयास भइरहेको छ । प्रयास भइरहेको क्रममा पनि चीनले आफ्नो उस्थितीलाई तीब्र पर्दा उक्त क्षेत्रमा तनाव सिर्जना भएको देखिन्छ । स्याटलाइट तस्बिर अनुसार चीनले आफ्ना क्षेत्रबाट भरतीय सिमा क्षेत्रलाई निशानामा राखेको विज्ञहरुको आँकलन रहेको छ । तस्बिरमा चीनद्वारा भारी मात्रामा आफना् ट्याङक, आर्मर र आर्टिलेरीहरुको उपस्थिती तीब्र पारेको जनाइएको छ । भारतले समेत आफ्नो गतीविधि तीब्र पारेको छ ।

५-६ मे मा भएको दूवै देशबीचको लडाई भएको कारण तनाव सिर्जना भएको थियो । गत बुधबार चिनियाँ विदेश मन्त्रालयले दूवै देशबीचको समिा विवाद स्थिर र नियन्त्रणमा रहेको स्पष्ट पारेको थियो । चीनले सीमा विवादका कारण दूवै देशबीचको अरु सम्झौतामा धक्का नपुग्ने गरी कार्य यर्न भारतलाई आग्रह गरेका छ । चीन भने उक्त क्षेत्रमा शान्ति चाहेको समेत जनाइएको छ । भारतीय पक्ष भने चीनले आफ्नो गतिविधी उक्त क्षेत्रमा कम गर्छ की आफ्नो नजर टिकाइ राखेको छ । तर, विहीबारसम्ममा चीनको तर्फबाट गतिविधि नघटेपछि भारतले आफनो क्षेत्रबाट हाई एलर्टमा बस्ने निर्णय गरेको जनाइएको छ । वार्ता भने निरन्तर भइरहेको छ । वार्ता नटुङगिएसम्म गतिविधीमा कमी नआउने जनाइएको छ । गल्वान क्षेत्रमा दूवै तर्फका सैनिक तैनाथ रहेको लडाईको सुरुवात कसले गर्छ भन्ने विषय एक अर्काले कुरिरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्