Logo

रक्सी पिएर कुटपिट गर्ने पक्राउ



बाग्लुङ, १६ जेठ । कुटपिट गरी घाइते बनाएको अभियोगमा अरबिन थापा बिहीबार दिउँसो पक्राउ परेका छन् । दुई जना किशोरीलाई कुटपिट गरी घाइते बनाएको अभियोगमा जैमिनी नगरपालिका सिरुवारीका थापालाई प्रहरीले पक्राउ गरेको हो ।
मादक पदार्थ सेवन गरी थापाले ती किशोरीहरुलाई कुटपिट गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कुश्मीसेराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । कुपटिबाट घाइते भएकी १ जना किशोरीलाई स्थानीय कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्र हुँदै थप उपचारको लागि मणिपाल हस्पिटल पोखरा रिफर गरिएको छ भने अर्की घाइते सोही स्वास्थ्य केन्द्रमा उपचार पश्चात डिस्चार्ज भएकी छिन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्